Thaha

Saturday 21 September - 2:16 pm NST

सम्झौता नविकरण नगर्ने ओसेम्सको घोषणा

काठमाण्डौं, पुस १८ । राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक प्याट्रिसिया ओसेम्सले सम्झौता नविकरण नगर्ने घोषणा गर्नुभएको छ । अखिल नेपाल फुटबल संघ एन्फासँग भिजन नै नभएको भन्दै उहाँले समाजिक सञ्जाल ट्विटर माफर्त सम्झौता नविकरण नगर्ने घोषणा गर्नुभएको हो ।

बेल्जियमका ओसेम्स गत सेप्टेम्बरमा ६ महिनाका लागि नेपाली प्रशिक्षकमा नियुक्त हुनुभएको थियो । आफूले फूटबलको विकासका लागि योजना दिएपनि एन्फाले कुनै प्रतिकृया नदिएको उहाँको भनाई छ । ओसेम्सले एन्फासँग भविष्यका लागि कुनै योजना नरहेको र कुनै व्यवसायिक संस्कार नरहेको टिप्पणी गर्नुभएको छ ।