Thaha

Saturday 04 May - 9:52 am NST

साउदी अरेबीयामा एक धर्मगुरु सहीत ४७ जनालाई आज एकैपटक मृत्युदण्ड

काठमाण्डौं, पुस १८ । साउदी अरबमा एक धर्म गुरुसहित एकैदिन ४७ जनालाई मृत्युदण्ड दिईएको छ । सरकारको विरोध गरेको आरोपमा सिया मुसलमान समूदायका धर्म गुरु निम्र अल निम्र सहित ४७ जनालाई आज फांसी दिईएको साउदीको गृहमन्त्रालयले जनाएको छ । मृत्युदण्ड दिईएकामध्ये एक ईजिप्टेली र एक क्यानेडेली नागरिक समेत रहेको साउदी अरबको सरकारी समाचार संस्था एसपीएले जनाएको छ ।

यसैवीच ईरानले धर्मगुरु निम्रको हत्याप्रति रोष प्रकट गरेको छ । उसले साउदीले यसको मूल्य चुकाउनुपर्ने चेतावनी दिएको समाचार संस्था रोयटर्सले जनाएको छ । पूर्वी साउदी अरबमा सन् २०११ मा भड्किएको सरकारविरोधी प्रदर्शनमा धर्मगुरु निम्रलाई मुख्य जिम्मेवार मानिएको थियो । उनलाई सन् २०१४ अक्टोबरमा मृत्युदण्डको सजाय सुनाईएको थियो । साउदी सरकारले आज मृत्युदण्ड दिईएकामध्ये केही अलकायदासँग  संलग्न रहेको आरोप लगाएको छ ।

यसअघि साउदीमा १९९५ मा १ सय ९२ जनालाई एकैपटक फांसी दिईएको थियो । त्यस्तैगरी गतवर्ष १ सय ५७ र २०१४ मा ९० जनालाई साउदी सरकारले मृत्युदण्ड दिएको थियो ।