Thaha

Saturday 04 May - 8:08 am NST

भारतीय वायुसेना आधारशिवीरमा आतंककारी आक्रमण

काठमाण्डौं, पुस १८ । भारत पञ्जावको पठानकोट भारतीय वायुसेना आधार शिविरमा बन्दुकधारीले गरेको आक्रमणमा ८ जनाको मृत्यु भएको छ ।  विहानै ३ बजेतिर वायु सेनाको आधार शिविरमा छिरेर बन्दुकधारीको समूहले आक्रमण सुरु गरेको थियो । झण्डै १७ घण्टा चलेको सुरक्षा कारवाहीमा ५ जना आक्रमणकारी  मारिएको सुरक्षा अधिकारीहरुलाई उदृढ गर्दै भारतीय सञ्चार माध्यामले जनाएका छन् ।

बन्दुकधारीको आक्रमणमा एक कमाण्डोसहित ३ सुरक्षाकर्मी पनि मारिएका छन् । भारतीय गृहमन्त्री राजनाथ सिंहले रात परेपछि आक्रमणकारी विरुद्धको कारवाही रोकिएको र अहिलेसम्म सुरक्षा फौजले ठूलो सफलता हात पारेको जानकारी दिनुभएको छ । आक्रमणकारी चरमपन्थी समूह जैश ए मोहम्मदका सदस्य भएको भारतीय सञ्चार माध्यामले दाबी गरेका छन् । आक्रमणलाई लिएर भारतीय अधिकारीहरुले पाकिस्तानमाथि प्रश्न उठाएका छन् ।

तर पाकिस्तान सरकारले पठानकोटमा भारतीय वायुसेनाको शिवीर परिसरमा भएको आक्रमणको निन्दा गर्दै आतंकवादको अन्त्यका लागि भारतसहीत सबै देशसँग साझेदारी गर्ने बताएको छ । पाकिस्तानी विदेशमन्त्रालयले आज जारी गरेको वक्तव्यमा दुई देशवीच भएका पछिल्लो उच्चस्तरीय भेटवार्ताप्रति संकेत गर्दै पाकिस्तान  आतंकवाद अन्त्यका लागि साझेदारी गर्ने बताएको छ ।