Thaha

Saturday 21 September - 2:12 pm NST

१९ वर्षमुनिको विश्वकप क्रिकेटको विशेष तयारीका लागि नेपाली टोली भोलि भारत जाने

१९ वर्षमुनिको विश्वकप क्रिकेटका लागि नेपाली राष्ट्रिय टोलीले भारतमा विशेष तयारी गर्ने भएको छ । त्यसका लागि २४ सदस्यीय नेपाली टोली  टोली भोली भारत जाने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।  भोलि बिहान ८ बजे नेपाल एयरलाईन्सबाट टोली दिल्ली प्रस्थान गर्नेछ । राजु रिजाल कप्तान र आरिफ शेख उपकप्तान रहेको टोलीमा सन्दीप सुनार, दीपेन्द्र ऐरी, प्रेम तामाङ, दिपेश श्रेष्ठ, योगेन्द्र कार्की, हिमान्सु दत्त, इशान पाण्डे, ईर्साद अह्मद, नन्द यादव रहेका छन् । यस्तैगरी सुनील धमला, सौरभ खनाल, सुशिल कंडेल, राविर सिंह, सन्दीप लामिछाने, शंकर राना, कुशल भुर्तेल र ललित नारायण राजवंशी पनि टिममा छन् । खेलाडीहरुसँगै मुख्य प्रशिक्षक जगत टमाटा, सहायक प्रशिक्षक विनोद दाससहित ५ जना कर्मचारीपनि दिल्ली जानेछन् । अभ्यास खेल खेलेर नेपाली टोली त्यतैबाट बंग्लादेश जाने र फेब्रुअरी १६ मा स्वदेश फर्कने क्यानले जनाएको छ । आईसीसि विश्वकप जनवरी २२ देखी फेब्रुअरी १४ सम्म बंग्लादेशमा हुनेछ ।