Thaha

Sunday 12 May - 6:03 am NST

इजरायली पुर्व प्रधानमन्त्रीलाई १८ महिनाको जेल सजाय

काठमाण्डौं, पुस १४ गते । सर्वोच्च अदालतको फैसला पछि इजरायलका पूर्व प्रधानमन्त्री यहुद ओल्मर्टलाई राहत भएको छ । ६ वर्षको जेल सजाय घटाएर सर्वोच्च अदालतले १८ महिना बनाइएदिएको हो ।

अब पूर्व प्रधानमन्त्री ओल्मर्टले १८ महिना जेल सजाय काट्नुपर्ने छ । पदमा रहँदा घुस लिएको अभियोग पुष्टि भएपछि ओल्मर्टलाई यस्तो सजाय दिइएको हो ।  लामो बहसपछि त्यहाँको उच्च अदालतले तल्लो अदालतको फैसला उल्टाउंदै ६ बर्षको जेल सजाय घटाएर १८ महिनाको सजाय सुनाएको छ । ७० बर्षिय अलमर्टले जेरुशेलममा मेयर हुंदा घुस लिएको अभियोग छ । ओल्मर्टले तल्लो अदालतको फैसलाविरुद्ध उच्च अदालतमा अपिल गर्नुभएको थियो ।

ओल्मर्ट सन् २००६ देखि २००९ सम्म ईजरायलका प्रधानमन्त्री बन्नुभएको थियो । सन् २००९ मा पदबाट हटाईएका ओल्मर्ट ईजरायलमा जेल जाने पहिलो पूर्व प्रधानमन्त्री हुनुहुनेछ । तर ओल्मर्टले आफूमाथि षडयन्त्र भएको भन्दै १८ महिने सजायविरुद्ध पनि अपील गर्ने बताएको बिबिसीले जनाएको छ ।