Thaha

Saturday 21 September - 2:33 pm NST

साफ च्याम्पियनसीप अन्तर्गत आज समूह चरणका अन्तिम खेल हुँदै


काठमण्डौं, १३ पुस । 
भारतमा जारी साफ च्याम्पियनसीप अन्तर्गत आज समूह चरणका अन्तिम खेल हुँदैछ । नेपाली समय अनुसार दिउँसो पौने ४ बजे हुने खेलमा भुटान र बंगलादेश भिड्ने भएका छन् भने बेलुकी पौने ७ बजे हुने खेलमा माल्दिभ्सले डिफेण्डिङ च्याम्पियन अफगानिस्तानको सामान गर्नेछ । समूह ‘बी’ बाट अफगानिस्तान र माल्दिभ्सले यसअघि नै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेकाले आजको खेलले समूह बिजेता र उपबिजेताको टुंगो लगाउनेछ ।

यसअघिका दुइ ओटै खेल जितेका दुबै समूहसँग समान ६ अंक छ । प्रतियोगिताबाट बाहिरिसकेका बंगलादेश र भुटानका लागि भने आजको खेल औपचारिकताका लागि मात्रै हुनेछ । समूह ‘ए’ बाट भने भारत समूह बिजेता र श्रीलंका उपबिजेता बन्दै सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।

यसअघि लगातार दुई पटक साफ च्याम्पियनसीपको सेमिफाइनलमा प्रवेश गरेको नेपाल भने हिजो भारतसँग ४–१ गोलले पराजित भएसँगै प्रतियोगिताबाट बाहिरिएको छ ।