Thaha

Saturday 11 May - 12:30 pm NST

जैश—उल—ईस्लामका प्रमुख नेता मारिए

काठमाण्डौं, पुस ११ । सिरियामा विद्रोही समूह जैश–उल–इस्लामका प्रमुख नेता मारिएका छन् । राजधानी दमासकस नजिक गरिएको हवाई आक्रमणमा नेता जहरुन अलुससहित अरु केही नेता पनि मारिएको सेनाले दाबी गरेको हो ।

साउदी अरब समर्थित विद्रोही समूह राजधानी दमास्कससहित आसपासका क्षेत्रमा सक्रिया रहेको बीबीसीले जनाएको छ । केही समयअघि साउदी अरबको रियादमा भएको सिरियाका विपक्षीको सम्मेलनमा यो समूह पनि सामेले थियो । समूहका उपनेता पनि सरकारी सेनाले गरेको रकेट आक्रमणमा मारिएको जनाइएको छ ।

सरकारी सेनाले जैश उल इस्लामका नेता बैठकमा बसेको ठाउँलाई लक्षित गरेर १० वटा रकेट प्रहार गरेका थिए । सिरियामा राष्ट्रपति बसर अल असदको विरोधका विभिन्न विद्रोही समूह सक्रिय छन् ।