Thaha

Sunday 12 May - 4:01 pm NST

चीनले फ्रान्सेली पत्रकारलाई निष्काशन गर्ने

काठमाण्डौं, पुस ११ । चीनले एक जना फ्रान्सेली पत्रकारलाई निष्काशन गर्ने निर्णय गरेको छ । सिनझियाङ प्रान्तमा भैरहेका आतंकवादी र क्रुर घट्नाको समर्थनमा लेखेको भन्दै बेइजिङले फ्रान्सेली पत्रकार उर्सुला गोथिरको प्रेस प्रतिनिधि प्रमाण पत्र नवीकरण नगर्ने निर्णय गरेको हो ।

चीनले गोथिरको लेख चीनको नीति विपरित रहेको उल्लेख छ । तर पत्रकार गोथिरले भने बेइजिङको तर्कलाई आधारहीन भन्दै चीनले विदेशी पत्रकारलाई निकाल्न खोजेको बताएको बीबीसीले जनाएको छ । चीनले प्रेस प्रतिनिधि प्रमाण पत्र नवीकरण नगरे गोथिरले भीसाका लागि आवेदन गर्न नसक्ने र डिसेम्बर ३१ सम्म चीन छोड्नु पर्ने समाचारमा उल्लेख छ । सन् २०१२ मा अल जजिराका पत्रकार निष्काशन भएयता चीनबाट निष्काशनमा पर्ने उनी पहिलो पत्रकार हुनेछिन् ।

चीनले सिनझियाङमा लामो समयदेखि जारी अशान्तिमा विदेशीको हात रहेको बताउँदै आएको छ  । तर उइघुर मुस्लिम समुदायले भने चीन सरकारले आफ्नो धर्म र संस्कृतिमाथि दमन गरेको बताउँदै आएका छन् ।