Thaha

Saturday 21 September - 2:20 pm NST

आईसीसी विश्वकप क्रिकेटका लागि नेपाली टोलीको घोषणा

बंग्लादेशमा हुने १९ बर्षमुनीको आईसीसी विश्वकप क्रिकेटका लागि नेपाली टोलीको घोषणा गरिएको छ । राजु रिजालको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा भएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । क्यानले आरिफ शेखलाई टोलीको उपकप्तान तोकेको  छ ।

नेपाली टोलीमा सन्दिप सुनार, सुनिल धमला, दिपेन्द्र ऐरी, सौरभ खनाल, प्रेम तामाङ्ग, सुशील कँडेल, दिपेश श्रेष्ठ, राजविर सिंह, योगेन्द्र कार्की, सन्दिप लामिछाने, हिमान्सु दत्त, शंकर राना र ईशान पाण्डे परेका छन् । यस्तैगरी अन्य ४ जना वैकल्पिक खेलाडी रहेको क्यानले जनाएको छ ।  वैकल्पिक खेलाडीहरुमा कुशल भुर्तेल, ईर्साद एहमद, नन्दन यादव, ललित राजवंशी परेका छन् ।

टोलीका लागि आगामी बिहीवारदेखी काठमाण्डौंमा विशेष प्रशिक्षण सुरु हुंदैछ । आईसीसि अन्डर नाईन्टिन वल्र्डकप क्रिकेट आगामी जनवरी २२ देखी फेब्रुअरी १४ सम्म बंग्लादेशमा    हुंदैछ । वल्र्डकप खेल्न नेपाली टोली जनवरी २० मा बंगलादेश जाने तय भएको छ ।