Thaha

Sunday 12 May - 6:33 am NST

२०१५ मा १० लाख भन्दा बढी प्रवासी यूरोप प्रवेश

काठमाण्डौं, पुस ७ । युद्धग्रस्त मुलुकबाट विस्थापित भएर यसवर्ष १० लाख भन्दा बढी शरणार्थी यूरोप प्रवेश गरेका छन् । यसबर्ष १० लाख ६ हजार शरणार्थी समूद्र र स्थलमार्ग हुंदै यूरोप प्रवेश गरेको प्रवासी शरणार्थीहरुको अन्तराष्ट्रिय संगठन आईओएमले जनाएको छ । यो सँख्या गतवर्षभन्दा चारगुणा बढी हो ।

ठुलो समूहका प्रवासीहरु समूद्री बाटोबाट यूरोप पुगेका   छन् । ९ लाख ७२ हजार ५ सय ५१ जना समूद्रीबाटो र ३४ हजार प्रवासी स्थलमार्ग भएर गएका छन् । यूरोप जाने शरणार्थीहरुमा धेरैजसो युद्धग्रस्त सीरिया, ईराक र अफगानिस्तान रहेको आईओएमले जनाएको छ ।

यूरोप गएकामध्ये आधाजसो सिरियाबाट अफगानिस्तानबाट २० प्रतिशत र अफगानिस्तानका ७ प्रतिशत प्रवासी रहेको आईओएमले जनाएको छ । यसबर्ष यूरोप जाने क्रममा समुद्रमा डुबेर ३ हजार ६ सय ९५ जनाको मृत्यु भएको छ ।