Thaha

Sunday 12 May - 4:11 am NST

भारतीय सीमा सुरक्षा बलको बिमान दुर्घटना, १० जनाको मृत्यु


काठमण्डौं, ७ पुस । 
भारतीय सीमा सुरक्षा बलको एउटा बिमान दिल्लीको द्वारिका इलाकामा दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । केन्द्रीय गृह मन्त्री राजनाथ सिंहले बिमान आज विहान ९ बजेर ४० मिनेटमा उडान भरेलगत्तै दुर्घटनामा परेको जानकारी दिनुभयो । दुर्घटनाग्रस्त बिमानबाट दुई जनाको शव निकालिएको र उद्धार कार्य जारी रहेको अधिकारीहरुले बताएका छन् । दुर्घटना भएपछि आगो लाग्दा बिमानमा रहेकाको जलेर मृत्यु भएको हो ।

बिमानमा भारतीय सीमा सुरक्षा बलका इन्जियरहरु चढेका थिए । नागरिक उड्डयन महानिर्देशकको कार्यालयका अनुसार प्रशिक्षण उडानमा रहेको बिमान दुर्घटनामा परेको हो । बिमानमा खराबी आएपछि आपतकालिन अवतरण गराउने प्रयास गर्दागर्दै दुर्घटना भएको भारतीय संचारमाध्यामले जनाएका छन् ।

बिमान आकाशमा केहीबेर घुमेर सोझै झरेको स्थानीय प्रत्यक्ष दर्शीलाई उद्यृत गर्दै बीबीसीले उल्लेख गरेको छ । प्रत्यक्षदर्शीका अनुसार बिमान खसेको ठाउँमा कार्यरत केही मजदुर पनि घाइते भएका छन् ।