Thaha

Saturday 21 September - 2:16 pm NST

साफ च्याम्पियनसीप खेल्न नेपाली टोली बंग्लादेशबाट भारत प्रस्थान

काठमाण्डौं, पुस ६ । नेपाली राष्ट्रिय फुटबल टोली साफ च्याम्पियनसीप खेल्न भारत गएको छ । साफको तयारीका लागि बंग्लादेशको राष्ट्रिय टोलीसँग मैत्रीपूर्ण खेल खेलेर प्रशिक्षणमा रहेको टोली आज बिहान ढाकाबाट दिल्ली प्रस्थान गरेको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । 

नेपालले पर्सि ८ गते श्रीलंकासँगको प्रतिष्पर्धाबाट साफको सुरुवात गर्नेछ । गत बिहीवार बंग्लादेशको बंगबन्धु रंगशालामा बंगलादेशसंग भएको मैत्रीपूर्ण खेलमा भने नेपालले १—० को पराजय भोगेको थियो ।

नेपाली टोली गत मंसीर २९ गते बंग्लादेश गएको थियो । नेपाली टोलीको कप्तानी अनिल गुरुङले सम्हालीरहेका छन् । पुष ८ देखी १९ सम्म गतेसम्म भारतमा हुने साफ च्याम्पियनसीपमा नेपाल रहेको समूह ए मा आयोजक भारत र श्रीलंका छ । यस्तैगरी समूह बी मा बंगलादेशसँगै डिफेण्डिङ च्याम्पियन अफगानिस्तान, भुटान र माल्दिभ्स रहेका छन् ।

पाकिस्तानले अन्तिम समयमा प्रतियोगितामा सहभागी नहुने निर्णय गरेपछि नेपालको समूहमा तीनवटा टोली मात्रै भएको हो ।