Thaha

Sunday 12 May - 6:08 am NST

ईजरायली गृहमन्त्री शोल्होमको राजीनामा


काठमाण्डौं, पुस ६ । यौन उत्पिडनको आरोप लागेका ईजरायलका गृहमन्त्री सिल्भन शाल्होमले पदबाट राजिनामा दिनुभएको छ । उपप्रधानमन्त्रीको पद पनि छाड्ने घोषणा गरेका शाल्होमले आफ्नो परिवारलाई आरोप र पिडाबाट टाढा राख्न राजीनामाको निर्णय लिईएको बताउनुभयो ।

त्यहाँका महान्यायाधिवक्ता उहाँमाथि महिलाहरुले लगाएको आरोपमाथि अनुसन्धान गर्न निर्देशन दिईसकेको छ । शाल्होमले भने आफूले कुनै गल्ती नगरेको भन्दै आरोप अस्विकार गर्दै आउनुभएको छ । योसँगै ईजरायलमा पछिल्लो सयम उच्च तहका व्यक्तिमाथि यौन शोषणको आरोपमा मुद्धा दायर हुने क्रम बढेको बिबिसीले जनाएको छ ।

यसअघि सत्ताधारी गठबन्धनका एक सांसदले पनि यौन उत्पिडनको आरोपमा पद त्याग गरेका थिए । त्यहाँका प्रहरीको एन्टि फ्रन्टका प्रमुखमाथि यौन दुव्र्यवहारको आरोपमा अहिले अनुसन्धान भईरहेको अधिकारीहरुले बताएका छन् ।

सन् २०११ मा पूर्व राष्ट्रपती मोशे कात्सवलाई पनि बलात्कारको आरोपमा दोषि ठहरीएपछि ७ बर्षको सजाय सुनाईएको थियो ।