Thaha

Saturday 21 September - 2:33 pm NST

श्रीलंकाविरुद्धको टेस्ट श्रृंखला २—० ले न्यूजिल्याडको पक्षमा

काठमाण्डौं, पुस ६ । न्यूजिल्यान्डले श्रीलंकाविरुद्धको टेस्ट श्रृंखला जितेको छ । बिहान ह्यामिल्टनमा सकिएको दोस्रो तथा अन्तिम टेस्टमा ५ विकेटको जित हासील गर्दै न्यूजिल्यान्डले श्रृंखला २—० ले आफ्नो पक्षमा पार्यो ।

केन विलियम्सनले १ सय ८ रनमा नटआउट रहंदै न्यूजील्यान्डको जीतका लागि महत्वपूर्ण योगदान गरे । पाँचौ टेस्ट सतक पुरा गर्दै विलियम्सनले न्यूजील्यान्डका लागि यसवर्षको रेकर्ड कायम गरेका छन् । न्यूजिल्यान्डका लागि अहिलेसम्म ४६ टेस्ट म्याच खेल्दै १३ शतक बनाएका उनले यो  सिरीजामा २ सय ६८ रन बनाए ।

श्रीलंकाका दुष्मन्त चमेराले ४ र सुरंगा लकमलले एक विकेट लिए । न्यूजील्यान्डले पहिलो टेस्ट १ सय २२ रनले जितेको थियो ।