Thaha

Monday 25 November - 8:31 pm NST

१४ वर्ष मुनिको छात्रा फुटबलमा नेपाल पराजित


काठमण्डौं, ५ पुस ।
१४ वर्ष मुनिको महिला क्षेत्रीय च्याम्पियनसिपको उपाधी बंगलादेशले जितेको छ । नेपाली सेनाको फिजिकल फिटनेस सेन्टर लगनखेल ललितपुरमा भएको खेलमा नेपाललाई एक शून्यले पराजित गर्दै बंगलादेशले उपाधी उचालेको हो । खेलको १६औं मिनेटमा मारियाले गरेको गोल नै उपाधी जिताउन बंगलादेशलाई पर्याप्त भयो ।

नेपालले केही अवसर पाए पनि गोल गर्न सकेन र दोस्रो स्थानमै चित्त बुझाउन बाध्य भयो । बैशाख १२ गते हुन लागेको फाईनल खेल बिनाशकारी भुकम्पका कारण स्थगित भएको थियो । प्रतियोगिताका विजेता खेलाडीलाई प्रधानमन्त्री केपी शर्मा ओली, युवा तथा खेलकुदमन्त्री सत्यनारायण मण्डलललगायतले पुरस्कार प्रदान गर्नुभएको थियो ।