Thaha

Saturday 21 September - 2:14 pm NST

एएफसी यू १४ महिला च्याम्पियनसीपको फाईनल आईतवार

काठमाण्डौं, पुस ३ । १४ बर्ष मुनिको एएफसी महिला फुटबल च्याम्पियनसिपमा नेपाल र बंग्लादेशवीचको फाईनल खेल आगामी आईतवार हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ एन्फाले आफ्नै कम्प्लेक्समा आज पत्रकार सम्मेलन गरी एएफसी महिला च्याम्पियनसीपको फाइनल खेल पर्सी आईतवार बिहान ११ बजेदेखी लगनखेलस्थित नेपाल आर्मीको शारीरिक तालिम केन्द्रको मैदानमा सुरु हुने जनाएको हो । खेलका लागि सबै तयारी पुरा भएको र बंगलादेशको टोली काठमाण्डौं आईसकेको एन्फाले जनाएको छ ।

गत अप्रिल २५ अर्थात वैशाख १२ गते दशरथ रंगशालामा हुनुपर्ने फाइनल खेल सोहि दिन भूकम्प गएपछि स्थगित भएको थियो । गत वैशाख ७ देखि १२ गतेसम्म काठमाडौंमा आयोजना गरिएको १४ बर्षमुनिका महिला फुटबल च्याम्पियनसिपमा नेपालले सेमिफाइनमा भारतलाई १–० र बंगलादेशले इरानलाई २–० ले हराउंदै फाईनल यात्रा तय गरेका थिए । च्याम्पियनसीपमा भारत, इरान, श्रीलंका, भुटान र माल्दिभ्सले पनि खेलेका थिए ।