Thaha

Saturday 21 September - 2:31 pm NST

सागका लागि बजेट निकास नहुंदा समस्याः राखेप

काठमाण्डौं, पुस २ । राष्ट्रिय खेलकुद परिषद्ले १२ औं दक्षिण एसियाली खेलकुद सागको लागि बजेट निकासा समयमा नहुँदा समस्या भएको बताएको छ । सागका लागि राखेपले १३ करोड ६२ लाख बजेट माग गरेकोमा अर्थमन्त्रालयले करिब १० करोड दिने भनिएपनि ढिलाई गरेको राखेपका सदस्य सचिव केशब बिष्टले जानकारी दिनुभयो । न्युनतम बजेट माग गर्दा पनि समयमा नपाउँदा तयारीमा असर परेको विष्टले बताउनुभयो ।

बंगलदेशको ढाकामा भएको ११ औं सागका पनि ८ करोड खर्च भएको भन्दै सदस्यसचिव विष्टले अहिले खेलाडी संख्या पनि बढेको र महंगी पनि बढेको हुँदा ब्यवस्थापन गर्न समस्या हुने बताउनु भयो । बजेटकै करण खराब प्रर्दशन हुने खालका खेलमा सहभागिता नजाउने मनस्थितीमा पुगेको पनि उहाँले बताउनुभयो । हक्किको तयारी अलि कमजोर रहेको भन्दै उहाँले हक्कि संघले आफैले ब्यवस्थापन गरेमा मात्रै लानेगरी छलफल भइरहेको बताउनुभयो ।

मधेस आन्दोलन र भारतले गरेको नाकाबन्दीले पनि सागको तयारीमा असर परेको राखेपले जनाएको छ । अध्यासका लागि समयमा आउजाउ गर्न नपाँउदा, तयारीका लागि निर्धारित कार्यक्रमहरु बेलामा गर्न नपाउँदा समस्या भएको हो । माघ २३ देखि फागुन ४ गतेसम्म भारतमा हुने सागमा खेलाडि र अफिसियलगरी ३ सय ९२ जना जाने तयारीमा रहेको राखेपले जनाएको छ । नेपालले १२ औं सागमा २३ खेलमा सहभागिता जनाउँदै छ । भने खेलाडी छनोट प्रकृया पनि करिब अन्तिम चरणमा पुगेको सदस्यसचिव विष्टले जानकारी दिनुभयो ।