Thaha

Monday 25 November - 8:15 pm NST

नेप्से ५ अंकले घट्यो

काठमाण्डौं, पुस २ । शेयर बजारमा आज होटल र विकास वैंकबाहेक सबै समूह ओरालो लागेका छन् । बैंकिङ्ग, जलविद्युत लगायतका अधिकांस समूहमा आएको गिरावटसँगै समग्र बजार ओरालो लागेको छ । हिजो ४ अंकले घटेको नेप्से आज ५ दशमलव ५१ अंकले घटेको छ ।

आज होटेल र विकास बैंक समूहका सुचक क्रमशः ६७ दशमलव ७९ र ७ दशमलव ०३ अंकले उकालो लागे । तर बैंकिङ्ग समूह आजपनि सुधारीएन । बाणिज्य बैंक समूहको सुचक ४ दशमलव ९८ अंकले घट्दा जलविद्युत १२ दशमलव २९, फाईनान्स ५ दशमलव २८ अंकले घटेको  छ । सोमवार र मंगलवार मनग्य कमाएका विमा समूहका लगानीकर्ताहरु आज सबैभन्दा धेरै निराश हुन पुगे ।

आज बजार बन्द हुंदा यो समूहको सुचक सबैभन्दा धेरै १ सय १० दशमलव ४८ अंकले तल झर्यो । आज दिनभर १ सय २३ कम्पनिका ५ लाख १७ हजार कित्ता शेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । कारोवार रकम आजपनि घटेको छ । हिजो मंगलबारभन्दा ३ करोड रुपैंया कम ४४ करोडको कारोवार भएकोमा आज ४२ करोड ४८ लाख ४ हजार रुपैँयाको मात्रै कारोवार भयो ।