Thaha

Saturday 21 September - 2:20 pm NST

बंग्लादेशसँगको मैत्रीपूर्ण खेलमा नेपाल १—० ले पराजित

काठमाण्डौं, पुस २ । बंग्लादेशसँग भएको मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ । बंग्लादेशको बंगबन्धु रंगशालामा भएको खेलमा नेपालले १—० को पराजय भोगेको हो । पहिलो हाफको १८ औं मिनेटमा बंग्लादेशका मिडफिल्डर सोहेलले हेडगोल नै जितका लागि निर्णायक बन्न पुग्यो ।

नेपालले योसँगै बंग्लादेशसँग १७ वटा खेल खेलेकोमा १० वटा खेल हारेको छ । यसअघि खेलेका १६ खेलमध्ये ६ खेल मात्रै जितेको नेपालले एउटा खेल बरावरी गरेको थियो ।  साफ च्याम्पियनसीप सुरु हुनु भन्दा एकसाता अघि नेपालले बंग्लादेशसँग मैत्रीपूर्ण खेल खेलेको  हो । साफ च्याम्पियनसिप प्रतियोगिता यही पुस ८ गतेदेखि भारतमा सुरु हुंदैछ ।  अब ढाकामै बन्द प्रशिक्षणमा रहेर नेपाली टोली आगामी सोमवार भारत जानेछ ।

आगामी बुधवार श्रीलंकासँगको प्रतिष्पर्धाबाट नेपालले साफको सुरुवात गर्नेछ । साफ च्याम्पियनसीपमा नेपाल र बंगलादेश छुट्टाछुट्टै समूहमा छन् । नेपाल रहेको समूह ए मा  श्रीलंका र आयोजक भारत छ भने समूह बी मा बंगलादेश सँगै डिफेण्डिङ च्याम्पियन अफगानिस्तान, भुटान र माल्दिभ्स रहेका छन् । पाकिस्तानले अन्तिम समयमा प्रतियोगितामा सहभागी नहुने निर्णय गरेपछि नेपालको समूहमा तीन वटा टोली मात्रै भएको हो ।