Thaha

Saturday 11 May - 9:44 pm NST

युद्धग्रस्त क्षेत्रमा वर्षदिनमा एक करोड ६० लाखभन्दा बढी शिशुको जन्म

फाइल तस्बीर

काठमाडौं २ पुस । सन् २०१५ मा एक करोड ६० लाखभन्दा बढी शिशु युद्धग्रस्त क्षेत्रमा जन्मिएको एक तथ्य सार्वजनिक भएको छ । 
बालबालिकाको क्षेत्रमा कार्यरत संस्था युनिसेफले सार्वजनिक गरेको प्रतिवेदनमा यस्तो देखिएको हो । युनिसेफका कार्यकारी निर्देशक एन्थनी लेकका अनुसार विश्वभरमा जन्मने प्रत्येक आठ बच्चामा एक बच्च युद्धग्रस्त क्षेत्रमा जन्मिने गरेको छ । यसमध्ये धेरैजसो शिशु स्वास्थ्यकर्मीको सहयोगबिना नै धेरै कठिन परिस्थितिमा जन्मिने गरेका छन् । यसरी जन्मिने शिशुमध्ये धेरैजसोको पाँच बर्ष नपुग्दै मृत्यु हुने गरेको युनिसेफको आशंका छ । जिवित रहने पनि तनावको शिकार हुने र भावनात्मक विकासमा गम्भीर असर पर्ने गरेको प्रतिवेदनमा उल्लेख छ । 
युद्धका साथै प्राकृतिक बिपत्ति, गरीबी र कुपोषणका कारण बालबालिका थप मारमा पर्ने गरेको युनिसेफले जनाएको छ ।