Thaha

Saturday 21 September - 2:21 pm NST

सागका लागि भारत्तोलनका महिला प्रतिस्पर्धीको नामावाली सार्वजनीक

काठमाण्डौं, मंसीर १ । भारतमा हुने १२ औं दक्षिण एशियाली खेलकुद सागका लागि भारत्तोलन प्रतिस्पर्धातर्फ छनोट भएका नेपाली महिला खेलाडीहरुको नामावली आज सार्वजनिक गरिएको छ ।

नेपाल भारत्तोलन संघको आयोजनामा सातदोबाटोमा हिजो र अस्ती भएको दुईदिने प्रतिस्पर्धाबाट ७ जना महिला प्रतिस्पर्धी छनोट भएका थिए । छनोट भएका ८ जना पुरुष खेलाडीको नाम हिजो नै सार्वजनीक गरिएको थियो ।

भारत्तोलनका लागि महिलातर्फ ४८ केजी तौल समूहमा नेपाल आर्मीकी मनिषा रानाभाट, ५८ केजी तौल समूहमा कमला श्रेष्ठ, ६९ केजीतर्फ मनिता श्रेष्ठ छनोट भएका छन् । यस्तैगरी नेपाल प्रहरीकी देवी चौधरी ५३ केजी, जुनुमाया छन्त्याल ६३ केजी, लक्ष्मी वन ७५ केजी र तारादेवी पुनले ७५ केजीभन्दा माथिको तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् ।

छनोट भएका खेलाडीहरुलाई यही पुष ९ गतेदेखी ४५ दिनसम्म विशेष प्रशिक्षण दिईने नेपाल भारत्तोलन संघका महासचिव पार्थसारती सेन गुप्ताले जानकारी दिनुभयो ।