Thaha

Monday 25 November - 8:29 pm NST

एन्फाको महिला कमिटीद्धारा प्रधामन्त्रीसँग भेट

काठमाण्डौं, मंसीर २९ गते । अखिल नेपाल फुटबल संघ एन्फाको महिला समितीले आज  फुटबलमा महिलाको विकासका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएको छ ।

बालुवाटार पुगेका एन्फा महिला समितीकी प्रमुख कल्पनापीया श्रेष्ठ नेतृत्वको प्रतिनीधिमण्डलले प्रधानमन्त्री ओलीलाई भेटेर नेपालको फुटबल क्षेत्रमा महिलाको विकास कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल गरेको छ ।

जवाफमा प्रधानमन्त्री ओलीले खेल क्षेत्रको विकासका लागि हरेक प्रकारको सहयोग गर्ने बताएको एन्फाले जनाएको छ ।