Thaha

Saturday 21 September - 2:31 pm NST

राष्ट्रिय फुटबल टोली ढाका प्रस्थान

काठमाण्डौं, मंसीर २९ गते । साफ च्याम्पियनसिप प्रतियोगिताको तयारीका लागि नेपाली राष्ट्रिय फुटबल टोली आज बंगलादेशको ढाका गएको छ । नेपाली टोली दिउँसो ४ बजे ढाका प्रस्थान गरेको एन्फाले जनाएको छ ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्ट र एन्फाका कार्यवाहक प्रमुख नरेन्द्र श्रेष्ठले विदाई गर्नुभएको थियो । साफको तयारी स्वरुप नेपाली टोलीले पर्सी बिहीवार बंग्लादेशको राष्ट्रिय टोलीसँग अभ्यास खेल खेल्नेछ ।

त्यसपछि बंगलादेशबाटै डिसेम्बर २१ अर्थात पुस ६ गते नेपाली टोली भारत जानेछ । एन्फाले हिजो साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताका लागि अनिल गुरुङको कप्तानीमा २० सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको थियो । साफ च्याम्पियनसिप प्रतियोगिता पुस ८ देखि १९ गतेसम्म भारतमा हुनेछ ।

प्रतियोगितामा आयोजक भारत र श्रीलंकासहित नेपाल समूह ‘ए’मा रहेको छ भने समूह ‘बी’मा साविक विजेता अफगानिस्तान, बंगलादेश, माल्दिभ्स र भुटान छन् ।