Thaha

Saturday 21 September - 2:20 pm NST

ढोरपाटन राष्ट्रिय महिला डबल लिग भलिबल प्रतियोगितामा एपिएफ, त्रिभुवन आर्मी विजयी

काठमाडौं । सर्वाधक पुरस्कार राशि भएको ढोरपाटन राष्ट्रिय महिला डबल लिग भलिबल प्रतियोगितामा सशस्त्र प्रहरी बल (एपिएफ) विजयी बनेको छ ।
आइतबार नयाँ बसपार्कमा भएको प्रतियोगितामा धादिङ कलाकार टोलीलाई ३–० को सोझो स्थितिले हराउँदै एपिएफ विजयी भएको हो । एपिएफले धादिङलाई २५– १७, २५–७ र २५–५ बाट लगातार पराजित गरेको थियो । त्यस्तै, अर्को खेलमा त्रिभुवन आर्मी क्लब पनि चन्डेश्वरी युवा क्लबलाई ३–०कै स्थितिमा पराजित गर्दै विजयी बन्यो । आर्मीले चण्डेश्वरीलाई २५–१२, २५–७ र २५–१७ बाट लगातार पाखा लगाएको थियो ।
त्यसैगरी, चितवनको जानकी विद्यामन्दिरले विन्ध्यवासिनी युवा क्लबलाई ३–० को स्थितिबाट पराजित ग¥यो । जानकीले विन्ध्यबासिनीमाथि २५–१२, २५–७ र २५–१७ बाट लगातार पराजित गरेकोे हो । ढोरपाटन स्पोर्टस् क्लबले आयोजना गरेको प्रतियोगितामा १३ टोलीको सहभागिता छ । प्रतियोगिताको विजेता टोलील दुई लाख ६० हजार तथा उपविजेता टोलीले एक लाख ३० हजार रुपै्रयाँ प्राप्त गर्नेछन् ।