Thaha

Saturday 11 May - 11:37 am NST

जलवायु परिवर्तनले ल्याएको समस्या समाधान गर्न पेरिसमा १९५ देशबिच सम्झौता


काठमण्डौं, २७ मंसिर । 
सन् २०२० सम्ममा जलवायु परिर्वतनका असरहरु कम गराउने सम्झौतासहित फ्रान्समा भएको जलवायु परिवर्तन सम्बन्धि सम्मेलन सकिएको छ । पेरिसमा भएको २ हप्ता लामो सम्मेलनमा जलवायु परिवर्तनका कारण उत्पन्न समस्या समाधानका लागि १ सय ९५ देशबीच सम्झौता भएको हो । विवाद र छलफलपछि कार्बन उत्सर्जन कम कटौती गर्न जलवायु परिवर्तन सम्मेलनमा सहभागी सबै देश सहमत भएका हुन् । 
जलवायु परिवर्तन सम्झौतामा भने सबै देशले आउँदो वर्षको अप्रिल २२ मा औपचारिक रुपमा हस्ताक्षर गर्ने अन्तराष्ट्रिय सन्चार माध्यमले जनाएका छन् । सम्झौतालाई अमेरिकाका राष्ट्रपति बाराक ओबामले ऐतिहासिक भन्नु भएको छ । सम्झौताले पृथ्वी जोगाउने राम्रो अवसर रहेको भन्दै यो सम्झौता कार्बन उत्सर्जन कम गर्नका लागि महत्वपूर्ण विन्दु बन्ने बताउनुभयो । सम्झौताको चीनले पनि स्वागत गरेको छ । सम्मेलनमा नेपालबाट विज्ञान प्रविधी तथा वातावरण मन्त्री विश्वेन्द्र पासवानसहित सांसदहरुको टोली सहभागि थिए । 
सम्झौताका बुँदाहरु :
१.सबै देशले कार्बन उत्सर्जनमा छिटो भन्दा छिटो कमी ल्याउने ।
२.ग्रीन हाउस ग्यास तथा त्यसको स्रोतका बीच सन् २०२० सम्ममा सन्तुलन कायम गर्ने ।
३.विश्वको तापक्रम १ दशमलव ५ डिग्री सेल्सियसमा सीमित गर्न प्रयास गर्ने ।
४.हरेक पाँच वर्षमा जलवायु परिवर्तनको असर कम गर्न भएका प्रयासको समिक्षा गर्ने
५.सन् २०२० सम्ममा कार्बन उत्सर्जन कम गराउनका लागि विकासशील देशलाई हरेक वर्ष एक खर्ब अमेरिकी डलर सहयोग गर्ने । जसलाई बढाउन पनि सकिने छ ।