Thaha

Sunday 02 June - 1:29 am NST

एभरेस्ट वल्ड हाइयस्ट म्याराथन २०१५ को उपाधि नेपाल आर्मीका भिम गुरुङलाई


नाम्चे, १४ मंसिर । युवास तामाङ,
सोह्रौ एभरेस्ट वल्ड हाइयस्ट म्याराथन २०१५ को उपाधि नेपाल आर्मीका भिम गुरुङले जितेका छन् । गोर्खा थुम घर भइ नेपाल आर्मीमा कार्यरत गुरुङले .३ घण्टा ४२ मिनेटमा निर्धारित ४२ किलोमिटरको दुरी पार गर्दै उपाधि हात पारेका हुन् । सोलुखुम्बुको गोरक्सेप ८ हजार १ सय ८४ मिटर उचाई बाट म्याराथान बिहान ७ बजे शुरु भएको थियो ।  म्याराथनमा सोलुखुम्बु फोर्चेका पासाङ शेर्पा दोस्रो र सोलुखुम्बुकै सुदिप राई तेस्रो भए ।  

 

महिला तर्फ भोजपुरकि राष्ट्रिय खेलाडी मिरा राई प्रथम भइन । उनले निर्धारित दुरी ५ घण्टा २७ मिनेट ४९ सेकेन्ड समयमा पार गर्दै प्रथम भएकि हुन् । त्यस्तै महिलातर्फ सोलु गुदेलकी कविता राई दोस्रो र सोलु थामेकि आङ दामी शेर्पा तेस्रो भइन । बिदेशीतर्फ डेन्मार्कका सिमोन ग्रीम्सटुरप पहिलो,  यु. के. का जिमी रुबदरफोर्ड दोस्रो र बेल्जियमका गिल बेर्ट तेस्रो भए । एभरेस्ट माउटेन एस्पेरीएन्स ट्रेकिङ एण्ड एक्सपेडिसन प्रा.लिको आयोजनामा जिल्लाको दिङबोचे, पाङबोचे, तेङबोचे, क्याङजोमा, चौर क्याम्प, ठमो हुदै नाम्चे बजारमा समापन भएको थियो ।  म्याराथनमा नेपालि र बिदेशी गरि जम्मा ४९ जनाले भाग लिएका थिए ।