Thaha

Saturday 21 September - 4:48 pm NST

अष्ट्रेलिया र न्युजिल्यान्डको दोस्रो टेस्ट बरावरी

काठमाण्डौं, मंसीर १ । अष्ट्रेलिया र न्यूजिल्यान्डवीचको दोस्रो टेस्ट क्रिकेट बरावरीमा सकिएको छ । पर्थमा भएको खेलमा अष्ट्रेलियाले दोस्रो ईनिङ्ग ३ सय ८५ रनमा टुँग्याउदै पाहुना टोली न्यूजिल्यान्डलाई जितका लागि ३ सय ८६ रनको लक्ष्य दिएको थियो ।

बर्षाका कारण खेल केहीवेर अवरुद्ध भएपछि न्युजिल्यान्डले डीएल बिधि अनुसार ३ सय २१ रनको लक्ष्य पाएको थियो । न्युजिल्यान्डले २८ ओभरमा २ विकेट गुमाउँदै १ सय ४ रन बनाएपछि टेस्ट बरावरी भएको घोषणा गरिएको हो । आप्mनो करियरकै अन्तिम टेस्ट खेलेका फास्ट बलर मिचेल जोनसनले अष्ट्रेलियाका लागि मात्र दुई विकेट लिए । टेष्ट बरावरी गरेसँगै उनले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।

अष्ट्रेलियाले डेभिड वार्नरको २ सय ५३ रनको मद्धतले ५ सय ५९ रन बनाउँदै पहिलो पाली खेलेको थियो भने न्यूजिल्याण्डले रोज टेलरको २ सय ९० रनबाट ६ सय २८ रन बनायो । ब्रिस्बेनमा भएको सिरीजको पहिलो टेस्ट अष्ट्रेलियाले २ सय ८ रनले जितेको थियो ।

अब अष्ट्रेलिया र न्युजिल्यान्डवीचको अन्तित टेष्ट यही नोभेम्बर २७ देखी सुरु हुनेछ ।