Thaha

Saturday 21 September - 4:36 pm NST

गणेश थापालई १० बर्षका लागि प्रतिबन्ध

काठमाण्डौं, कात्तिक ३० । अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष गणेश थापालाई अन्तर्राष्ट्रिय फूटबल महासंघ फिफाले सबै खाले फुटबल गतिविधिबाट १० वर्ष प्रतिबन्ध लगाएको छ ।

फिफाको नैतिक समितिले थापालाई २० हजार स्वीस फ्राङ्क अर्थात झण्डै २१ लाख रुपैयाँ जरिवाना समेत गरेको छ ।सन् २०११ मा भएको फिफाको निर्वाचन र २००९ मा एएफसी कंग्रेसमा थापाले घूस लिएको फिफाको आरोप छ । थापामाथि ‘राष्ट्रिय र अन्तर्राष्ट्रिय फुटबलका सबैखाले गतिविधिमा प्रतिबन्ध लगाइएको’, विज्ञप्तीमा उल्लेख छ ।

निर्वाचनको बेला व्यक्तिगत र पारिवारिक फाइदाका लागि अर्का फुटबल पदाधिकारीबाट पैसा लिएको र पदीय मर्यादा विपरीत विभिन्न गतिविधि गरेको आधारमा थापामाथि प्रतिबन्ध लगाइएको फिफाको नैतिक समितिले जनाएको छ । एएफसीका तत्कालीन अध्यक्ष तथा फिफाका अध्यक्षका उम्मेदवार मोहम्मद बिन हमामबाट थापाका छोरा गौरव थापाको खातामा १ लाख डलर जम्मा भएको देखिएपछि फिफाले अनुसन्धान थालेको थियो ।

२० वर्षदेखि एन्फाको अध्यक्ष रहेका थापाले ५८ करोडभन्दा बढी अनियमितता गरेको ठहर गर्दै संसदको सार्वजनिक लेखा समितिले अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सिफारिस गरेपनि अख्तियारले थापामाथिको अनुसन्धान तामेलीमा राखेको छ । थापा राप्रपा नेपालका मनोनित सांसद समेत ह्ुन् ।

एक महिना अघि म्याच फिक्सिङको आरोप ५ जना खेलाडि पक्राउ परेर कारवाही अघि बढिरहेका बेला थापामाथि कारवाही भएको छ । थापामाथि पहिलेदेखि नै पैसा लिएर आफू र परिवारलाई फाईदा पु¥याउँदै आएको आरोप लाग्दै आएको थियो ।