Thaha

Saturday 21 September - 4:45 pm NST

सातौं खेलकुद प्रतियोगिता सर्यो

काठमाण्डौं, कात्तिक ३० । पूर्वाञ्चलमा मंसिरमा हुने भनिएको सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता सरेको छ । राष्ट्रिय खेलकुद परिषदको आज बसेको १०४ औं बोर्ड बैठकले सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता फागुन १८ गतेदेखि २३ गतेसम्म गर्ने निर्णय गरेको हो ।

मधेस आन्दोलन र भारतले गरेको नाकाबन्दीका कारण प्रतियोगिता सारएिको परिषदका प्रेस सल्लाहकार रोहित दाहालले जानकारी दिनुभयो । जिल्ला स्तरिय प्रतियोगिता भने सम्पन्न भइसकेका छन् ।

क्षेत्रीय प्रतियोगिता फागुनकै १२ देखि १५ गते सम्ममा सम्पन्न गरी १८ गतेबाट राष्ट्रिय प्रतियोगिता सन्चालन गर्ने निर्णय गरेको राखेपले जनाएको छ । प्रतियोगितामा ३५ खेल समावेश गर्ने राखेपले यसअघि नै निर्णय गरिसकेको छ ।  प्रतियोगिताका खेल झापा, मोरङ, सुनसरी, सिरहा, सप्तरी, तेह्रथुम र इलाम हुनेछन् ।