Thaha

Saturday 21 September - 4:52 pm NST

नेपालद्धारा पपुवान्यूगीनिलाई २ सय ३३ रनको लक्ष्य


काठमाण्डौं, कात्तिक ३० । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको दोस्रो चरणको पहिलो खेलमा नेपालले पपुवान्यगिनीलाई २ सय ३३ रनको लक्ष्य दिएको छ । युएईको आवुधावीमा पहिले ब्याटिङ गरेको नेपालले पुरै ओभर खेल्दै ८ विकेटको क्षतिमा २ सय ३२ रन बनायो ।  

नेपालका लागि सुवास खकुरेल र शरद भेषावकारले अर्ध सतकीय पालि खेले । खकुरेल ६६ रन बनाएर आउट भए भने भेषवाकरले ७८ रनको योगदान गरे । बसन्त रेग्मीले नटआउट २४ रन बनाए । ज्ञानेन्द्र मल्ल २३, सागर पुन १०, सोमपाल कामी ८ र कप्तान पारस खड्का ६ र मेहबुब आलम ३ रनमा आउट भए । यसअघि भएको पहिलो चरणमा नेपाल स्कटल्याण्डसँग र पपुवान्यूगिनी नेदरल्याण्डससँग पराजित भएको थियो ।

च्याम्पियनसिपमा नेपाल र पपुवान्यूगिनि सहित स्कटल्याण्ड, केन्या, हङकङ, युएइ र नामिबियाले प्रतिष्प्रर्धा गरिरहेका छन् । सबै टिमले एकअर्का विरुद्ध दुई  खेल्नेछन् । ८ मध्ये शीर्ष ६ मा रहने टिम सन २०१९ मा हुने आइसीसी विश्वकप छनौट खेल्न पाउनेछन् । ६ अंकका साथ नेदरल्याण्डस शीर्ष स्थानमा छ भने नेपाल र पपुवान्यूगिनी अंक विहिन हुँदै पुछारमा छन् । नेपालले अर्को खेल पपुवान्यूगिनीसँगै पर्सी खेल्नेछ ।

पपुवान्यूगिनीसँगका दुई खेलपछि नेपाली राष्ट्रिय टोलिका मुख्य प्रशिक्षक पुवुदु दसानायकेको नेपालसँगको  सम्बन्ध तोडिनेछ । उनले दुई खेलपछि लागू हुने गरी राजिनामा दिइसकेका छन् ।