Thaha

Saturday 21 September - 4:34 pm NST

संगिना बैद्य तेक्वान्दोको सहायक मुख्य प्रशिक्षकमा


काठमाडौं, १९ कार्तिक । ओलम्पियन संगिना बैद्यलाई राष्ट्रिय खेलकुद परिषदले तेक्वान्दोको सहायक मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ । राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव स्तरीय निर्णय अनुसार उनलाई सहायक मुख्य प्रशिक्षको जिम्मेवारी प्रदान गरिएको हो ।

भारतको गुहाटी र सिलोङ्गमा आयोजना हुने १२ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता तथा रियो द जेनेरियोमा आयोजना हुने ३१ औं रियो ओलम्पिक प्रतियोगिता अघि उनलाई दिइएको जिम्मेवारी महत्वपूर्ण रहेको छ ।

एक सफल खेलाडी तथा प्रशिक्षकको रुपमा आफूलाई स्थापित गर्न सफल बैद्यलाई दिइएको जिम्मेवारीले आगामी दिनमा नेपालले साग र ओलम्पिकमा पदक हासिल गर्न सक्षम खेलाडी उत्पादन गर्नलाई मद्धत पुग्ने अनुमान छ । नियुक्ति पत्र बुझ्दै बैद्यले राज्य तथा राष्ट्रिय खेलकुद परिषदले आफूलाई विश्वास गर्दै जुन जिम्मेवारी प्रदान गरेको छ त्यसले थप जिम्मेवारीको महशुस गरेको बताईन् ।