Thaha

Saturday 21 September - 4:38 pm NST

नेपाल हङकङसँग भिड्दै

काठमाडौं, १९ कार्तिक । नेपाल र हङकङबीचको दुइ दिवसिय क्रिकेट खेल आज सुरु हुदँैछ । युएइको अवुधावीमा खेल  बिहान साढे ११ बजे सुरु हुनेछ । विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्न यूएई पुगेको नेपालले आज  हङकङसँग अभ्यासका क्रममा दुई दिवशिय क्रिकेट खेल्न लागेको हो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीको संयोजनमा नेपालले हङकङसँग दुई दिवसीय क्रिकेट खेल्न लागेको हो ।

हङकङ एक दिवसिय अन्तर्राष्ट्रिय मान्यता प्राप्त टोली हो । त्यसैले हङकङ विरुद्धको आजको खेल नेपाली क्रिकेटको लागि विश्व क्रिकेटमा आफ्नो प्रभाव जमाउने अवसरको रुपमा रहने छ । युएईमा रहेको नेपाली क्रिकेट टोलीले हङकङसँगको खेलपछि पाकिस्तान र ओमानसँग एक दिवसिय अभ्यास खेल खेल्नेछ ।

आठ राष्ट्र सहभागि विश्व क्रिकेट लिग च्याम्पियनसिपको समुहमा पपुवा न्युगिनी अंक तालिकाको पुछारमा रहेको छ भने नेपाल पुछारदेखि दोस्रो स्थानमा छ । दुबै टोलीले अघिल्ला दुई खेल गुमाएका थिए  । नेपालले स्कटल्याण्डसँग हार ब्यहोरेको थियो ।