Thaha

Saturday 21 September - 4:50 pm NST

च्याम्पियन्स लिगमा बार्सिलोनाको अपराजित यात्रा कायमै

काठमाडौं, १९ कार्तिक । युरोपियन च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाको अपराजित यात्रा कायमै रहेको छ । डिफेन्डिङ च्याम्पियन बार्सिलोनाले गएराति भएको खेलमा बेलारुसको बेट् बोरिसोभलाई ३–० ले हराउँदै आफ्नो अपराजित यात्रा कायमै राखेको हो ।

खेलको ३० औं मिनेटमा पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै नेयमारले बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए । ६० औं मिनेटमा लुइस स्वारेजले बार्सिलोनाको अग्रता दोब्बर पारे । ८३ औं मिनेटमा नेयमारले व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सा ३–० ले विजयी भयो ।  यसैविच गएराति भएको अर्को खेलमा जर्मनको महारथी वार्यन म्युनिखले इंग्लिस क्लब आर्सनलाई १ का विरुद्ध ५ गोलले पराजित ग¥यो ।  

चार खेलबाट ९ अंक जोडेको बार्यन म्युनिख समुह एफ को शीर्ष स्थानमा छ भने ३ अङक जोडेको आर्सनल पुछारमा झरेको छ ।