Thaha

Monday 13 May - 7:38 pm NST

चीन र ताइवानका राष्ट्रपतिबीच ऐतिहासिक भेटवार्ता हुँदै, जलडमरुमध्यमा शान्तिको बढोत्तरीमा जोड दिने

काठमाडौं, १८ कार्तिक । चीन र ताइवानका राष्ट्रपतिबिच पहिलो पटक भेटवार्ता हुने भएको छ । आगामी शनिबार सिंगापुरमा चिनका राष्ट्रपति सि जिङ पिङ र ताइवानका समकक्षी इग चेओ बीच भेटवार्ता हुन लागेको हो ।

 ऐतिहासिक भेटवार्ताको मूख्य उद्देश्य जलडमरुमध्यमा शान्तिको बढोत्तरी गर्नु रहेको ताइवानी राष्ट्रपति कार्यालयले जनाएको छ । भेटवार्ताका क्रममा कुनै सम्झौतामा भने हस्ताक्षर गरिने कार्यक्रम नरहेको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन ।  सन् १९ सय ४९ मा चीनमा भएको गृह युद्धपछि ताइवानमा आफ्नै सरकार छ । तर चीनले ताइवानलाई आफ्नो एक अंश भन्दै आएको छ ।  

 भेटवार्तामा कुनै महत्वपूर्ण सम्झौता भने हुने छैन ।  चीन समर्थक मानिने वर्तमान ताइवानी राष्ट्रपति इग चेओको समयमा दुई देशबीचको सम्बन्धमा सुधार आएको छ । अमेरिकाले पनि चीन र ताइवानी राष्ट्रपतिबीच हुने भेटवार्ताको स्वागत गरेको छ ।।