Thaha

Saturday 21 September - 4:38 pm NST

च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिड, म्यानचेष्टर सिटी र म्यानचेष्टर युनाईटेड विजयी

काठमाडौं, १८ कार्तिक । स्पेनिस् क्लब रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा रियल मड्रिडले फ्रेन्चको महारथी पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १–० गोलले हराउँदै अन्तिम १६ को यात्रा तय गरेको हो ।  रियलको जितमा नाचो फर्नान्डेजले ३५ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । रियल चार खेलबाट १० अंकसहित समुह ए को शीर्ष स्थानमा छ ।

दोस्रो स्थानको पिएसजीको सात अंक छ । समुह ए अन्तर्गतकै खेलमा युक्रेनको शाख्तर डोनेस्कले स्विडेनको माल्मोलाई ४–० ले हरायो  । त्यस्तै गएराति भएका च्याम्पियनसिपका खेलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी र म्यानचेष्टर युनाईटेड विजयी भएका छन ।

सिटीले  स्पेनिस क्लब सेभिल्लालाई ३–१ ले र युनाइटेडले रसियन क्लब सिएसकेए मस्कोलाई १–० ले हराउँदै प्रिक्वाटरफाइनलको स्थान पक्का गरेका हुन । चार खेलबाट ९ अंक जोडेको सिटी समुह डी को शीर्ष स्थानमा छ भने समुह बी को शीर्ष स्थानमा रहेको म्यानचेस्टर युनाइटेडको चार खेलबाट सात अंक छ ।।