Thaha

Saturday 21 September - 4:48 pm NST

टोटनह्यामसँग एस्टन भिल्ला पराजित

काठमाडौं, १७ कार्तिक । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा टोटनह्याम विजयी भएको छ । टोटनह्यामले एस्टन भिल्लालाई ३–१ गोल अन्तरले पराजित ग¥यो । टोटनह्यामको यो लिगमा पाचौं जित हो भने एस्टन भिल्लाको लगातार सातौं हार हो । अंक तालिकाको पुछारमा रहेको एस्टन भिल्लाले ११ खेलबाट मात्रै चार अङक जोडेको छ ।

लिगमा ११ खेलमा एस्टन भिल्लाले ९ खेलमा पराजित भोगेको छ भने एकमा बराबरी र एकमा जित निकालेको छ । टोटनह्याम भने लिगको पाँचौं स्थानमा पुगेको छ । टोटनह्यामको ११ खेलबाट २० अङक भएको छ । प्रिमियर लिगमा एघारौं चरणका खेल सकिदासम्म म्यानचेष्टर सिटी र आर्सनलको समान २५–२५ अङक छ । गोल अन्तरका आधारमा सिटी लिगको पहिलो स्थानमा छ भने आर्सनल दोस्रो स्थानमा छ ।