Thaha

Saturday 21 September - 4:31 pm NST

बार्सिलोना र रियल मड्रिड विजयी

काठमाडौं, १५ कार्तिक । स्पेनिस ला लिगा फुटबल अन्तर्गतग गएराति भएको खेलमा बार्सिलोना विजयी भएको छ । बार्सिलोनाले गेटाफेलाई २–० ले हरायो । ३७ औं मिनेटमा लुइस स्वारेजले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए ।

५८ औं मिनेटमा नेइमारले गोल गरेपछि बार्सिलोनाको अग्रता २–० मा पुग्यो । गेटाफेको तर्फबाट बाकी समय अवधिभर गोल हुन नसकेपछि बार्सा २–० ले विजयी भयो ।

जितपछि वार्सा र रियल मड्रिडको समान २४–२४ अङक भएको छ ।  गोल अन्तरका आधारमा रियल मड्रिड शीर्ष स्थानमा छ भने बार्सा दोस्रो स्थानमा छ ।  गएराती  नै भएको खेलमा रियल मड्रिडले लस पल्मसलाई १ का विरुद्ध ३ गोलले परजित ग¥यो ।

त्यस्तै गएराती भएका अन्य खेलमा   सेल्टा डि भिगोले रियल सोसिडाडलाई ३–२ ले, भिल्लारियलले सेभिल्लालाई २–१ तथा भ्यालेन्सियाले लेभान्टेलाई ३–० ले पाखा लगायो ।।