Thaha

Saturday 21 September - 4:21 pm NST

पेरिस सेन्ट जर्मेनको विजयी यात्रा कायमै


काठमाडौं, १४ कार्तिक । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेनको अपराजित यात्रा कायमै छ । डिफेन्डिङ च्याम्पियन पिएसजीले गएराती भएको खेलमा रेन्सलाई १–० गोल अन्तरले हराउँदै अपराजित यात्रालाई निरण्तरता दिएको छ ।

खेलको ७५ औ मिनेटमा अर्जेन्टिनी स्टार एन्जल डि मारियाले गरेको गोल नै पिएसजीलाई जितका लागि पर्याप्त बन्यो । जितपछि लिग लिडर पिएसजीले दोस्रो स्थानमा रहेको एंगर्ससँग १० अङकको अग्रता बनाएको छ ।  पिएसजीको १२ खेलबाट ३२ अङक छ भने एक खेल कम खेलेको एंगर्सको २२ अङक रहेको छ ।।