Thaha

Saturday 21 September - 4:47 pm NST

एथ्लेट्रिक मड्रिडलाई डिपोर्टिभोले बराबरीमा रोक्यो

काठमाडौं, १४ कार्तिक । स्पेनिस् ला लिगा फुटवलमा उपाधि दाबेदार एथ्लेटिको मड्रिड बराबरीमा रोकिएको छ । गएराति भएको खेलम एथ्लेटिक मड्रिड  डिपोर्टिभो डिला कोर्ना सँग एक एक गोलको बराबरीमा रोकिएको हो ।

खेलको ३४ औ मिनेटमा टियगोको गोलबाट अग्रता लिएको एथ्लेटिको मड्रिड, अग्रतालाई जोगाएर खेल्न नसक्दा अङक वाड्न बाध्य भयो । डिपोर्टिभोले ७७ औ मिनेटमा लुकास पेरेज माट्रिनेजको गोलबाट, खेल बराबरीमा पु¥याएको थियो ।

बराबरी पछि मड्रिड २० अङकका साथ लिगको तेस्रो स्थानमा छ भने १४ अङक जोडेको डिपोर्टिभो छैठौ स्थानमा छ । लिगमा समान २१–२१ अङक जोडेका रियल मड्रिड र बार्सिलोना गोल अन्तरका आधारमा शीर्ष र दोस्रो स्थानमा छन ।