Thaha

Saturday 21 September - 4:18 pm NST

वार्यनको विजयी यात्रामा पुर्णविराम


काठमाडौं, १४ कार्तिक । जर्मन लिग बुन्डेजलिगा फुटवलमा साविक बिजेता वार्यन म्युनिखको अपराजित यात्रा टुङगिएको छ । शतप्रतिशत नतिजा निकाल्दै आएको वार्यनको ११ औ खेलमा आएर अपराजित यात्रामा पूर्ण विराम लागेको हो ।

गएराति भएको खेलमा  वार्यन इट्राच्ट् फराङ्क फुर्ट सँग गोलरहित बराबरीमा रोकिएको छ । यस अघिका १० खेलमा वार्यनले शतप्रतिशत नतिजा निकाल्दै आएको थियो । खेलभर हावि भएको वार्यनले, फराङ्कको रक्षापक्ति भने तोड्न सकेन ।

वार्यनका २ शसक्त प्रहार फराङकका गोलकिपरले बिफल पारिदिएका थिए ।    लिगमा ३१ अङकका साथ वार्यन म्युनिख शिर्ष स्थानमा छ ।