Thaha

Saturday 21 September - 4:41 pm NST

कोपा डेल रे मा बार्सिलोना भिलानोभेन्सेसँग बराबरीमा रोकियो

काठमाडौं, १२ कार्तिक । कोपा डेल रे फुटबल अन्तर्गत गएराति भएको खेलमा बार्सिलोना बराबरीमा रोकिएको छ । डिफेन्डिङ च्याम्पियन बार्सिलोना अन्तिम ३२ को पहिलो लेगमा भिलानोभेन्सेसँग गोल रहित बराबरीमा रोकिएको हो ।

नियमित फरवार्ड नेयमार र लुइस स्वारेज बिना मैदान उत्रिएको बार्सिलोनाले अधिंकाश समय भिलानोलाई दबाबमा राखेपनि सफल हुन सकेन ।  दोस्रो लेग आउँदो डिसेम्बर २ मा बार्साको घरेलु मैदान नाउ क्याम्पमा हुनेछ ।