Thaha

Saturday 21 September - 4:19 pm NST

लिगकपबाट म्यानयु बाहिरियो

काठमाडौं, १२ कार्तिक । इंग्लीस लिग कप फुटवल प्रतियोगितामा साविक विजेता म्यानचेष्टर युनाईटेड प्रि क्वार्टरफाइनलबाट वाहिरिएको छ । गएराती भएको खेलमा मिडल्सब्रोसँग ट्राई बेकरमा पराजित भएसँगै उपाधि दाबेदार म्यान्चेस्टर युनाईटेड प्रतियोगिताबाट बाहिरिएको हो ।

 खेलको निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटसम्म दुबै टोलीले गोल गर्न नसकेपछि खेल ट्रार्ईबेकरमा पुगेको थियो । ट्राई बेकरमा तल्लो डिभिजनको क्लव मिडल्सब्रोले म्यानयुलाई ३–१ गोलले स्तब्ध पा¥यो । अब सेमिफाइनल प्रबेशका लागि मिडल्सले एभर्टनसँगको भेट पक्का गरेको छ ।

त्यस्तै लिग कपमा म्यानचेष्टर सिटी, साउथ ह्याम्पटन र लिभरपुलले पनि अन्तिम आठमा स्थान बनाएका छन । सिटीले क्रिस्टल प्यालेसलाई १ का विरुद्ध ५ गोलले पराजित गर्दै क्वार्टरफाइनलको यात्रा तय ग¥यो । साउथ ह्याम्पटनले एस्टन भिल्लालाई २–१ तथा लिभरपुलले एएफसी वर्नमाउथलाई १–० गोलले पराजित गर्दै अन्तिम आठको स्थान पक्का गरे । अब क्वार्टरफाइनमा सिटीले हल सिटीको, साउथ ह्याम्पटनले लिभरपुलको सामना गर्नेछ ।