Thaha

Saturday 21 September - 4:41 pm NST

चेल्सीको खराब लय जारी

काठमाडौं, ११ असोज । खराब प्रदर्शनबाट गुज्रिरहेको ईङ्लिस क्लब चेल्सी लिग कप फुटबलको प्रि क्वार्टफफाइनबाटै वाहिरिएको छ । गएराति भएको खेलमा स्टोक सिटीसँग पेनाल्टी सुटआउटमा ५–४ ले पराजित हुँदै चेल्सी लिग कपबाट बाहिरिएको हो ।

 निर्धारित समय एक–एक गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियोे । जितसँगै स्टोक सिटीले क्वार्टरफाइनलमा प्रवेश गरेको छ । पहिलो हाफमै डियगो कोष्टा घाईते भएर बाहिरिएपछि चेल्सी दवाबमा परेको थियो । चेल्सीले जारी सिजनाका पछिल्ला १६ खेल मध्ये ८ वटामा हार बेहोरेको छ । त्यस्तै गएराति भएको अर्को खेलमा आर्सनलले अप्रत्यासित हार भोगेको छ ।

आर्सनल सेफिल्डसँग ३–० ले पराजित भयो । पहिलो रोजाइका ६ जना खेलाडीबिना मैदान उत्रिएको आर्सनल खेलभर दबाबमा रह्यो । गएराति भएका अन्य खेलमा एभर्टन र हल सिटी विजयी भएका छन । एभर्टनले नर्भिच र हल सिटीले लिसेष्टर सिटीलाइ पराजित ग¥यो । दुवै खेलको छिनोफानो पेनाल्टी शुटआउटमा भएको थियो ।