Thaha

Tuesday 14 May - 1:06 am NST

पाकिस्तान र अफगानिस्तानमा भुकम्पमा परि ३ सय ३५ जनाको मृत्यु, घाइतेको उद्धार र खोजी कार्य जारी

काठमाडौं, १० कार्तिक ।     पाकिस्तान र अफगानिस्तानमा गएको शक्तिसाली भुकम्पमा परि ३ सय ३५ जनाको मृत्यु भएको छ । त्यसमध्ये २ सय ५३ जना पाकिस्तान र ८० जना अफगानिस्तानका रहेको अल जजिराले लेखेको छ ।

 

त्यस्तै २ हजार भन्दा वढि घाईते भएका छन । घाइतेको अवस्था गंभिर रहेकोले मर्नेको संख्या बढ्न सक्ने पाकिस्तानका अधिकारीहरुले जनाएका छन् । घाइतेहरुको खोजी तथा उद्धार कार्य जारी छ । अहिले सम्म पाकिस्तानको पेसावर क्षेत्रमा भुकम्पले बढि क्षति पुर्याएको बिबरण सार्बजनिक भएको छ ।

अमेरिकी जियोलोजिकल सर्भे (युएसजीएस)का अनुसार हिजो दिउँसो अफगानिस्तानको जार्म सहरदेखि ४५ किलोमिटर दक्षिण पश्चिम पहाडी क्षेत्रमा जमिनदेखि २ सय १२ किलोमिटर गहिराइमा केन्द्रबिन्दू भएर ७ दशमलब ५ रेक्टर स्केलको भुगम्प गएको हो । भुकम्पबाट थुप्रै मानिस बेपत्ता भएको अन्तराष्ट्रिय संचार माध्यमले  जनाएका छन् ।

भूकम्पको धक्का भारत तथा नेपालमा समेत महसुस गरिएको थियो । सन् २००५ मा पाकिस्तानको काश्मिरमा गएको ७.६ रेक्टर स्केलको भूकम्पमा ७५ हजार व्यक्तिको ज्यान गएको थियो ।