Thaha

Monday 13 May - 9:38 pm NST

भारतको छतीसगढमा माओवादीद्धारा २१ वटा गाडीमा आगजनी

काठमाडौं, ८ कार्तिक । भारतको छतीसगढमा माओवादीले सडक निर्माणमा प्रयोग भइरहेका २१ वटा गाडीमा आगजनी गरेका छन् । माओवादीहरुले ठाउँ ठाउँमा बिस्फोट गरेको भारतीय संचार माध्यमले जनाएका छन ।

आगजनीका कारण २१ वटै गाडी ध्वस्त भएका छन । सयौंको संख्यामा गएका माओवादी कार्यकर्ताहरुले छत्तीसगढको बीजापुर जिल्लामा सडक निर्माण कार्यमा प्रयोग भइरहेका सवारीसाधनमाथि गएराति राती आगजनी गरेका हुन् ।

बीजापुर जिल्लामा गत वर्षदेखि सडक निर्माण कार्य भइरहेकोमा माओवादीले रोक्न बारम्बार चेतावनी दिंदै आएको थियो । गाडिमा आक्रमण गर्नेे ८ माओवादी नेता र कार्यकर्तालाई  स्थानीय प्रहरीले पक्राउ गरेको छ  ।।