Thaha

Monday 13 May - 5:35 am NST

जेरुशलमको तनाव कम गर्ने विषयमा जोर्डन र इजरायलबीच सहमति

काठमाडौं, ८ कार्तिक । प्रसिद्ध धार्मिकस्थल जेरुशलममा तनाव कम गर्ने विषयमा जोर्डन र इजरायलबीच सहमति भएको छ । जेरुशलममा हुने हरेक गतिविधिलाई २४ घण्टा  भिडियो निगरानी राख्ने दुई देश सहमति भएको छ । यो सहमतिपछि जेरुशेलममा आपराधिक घटना कम हुने दुवै देशको अपेक्षा छ ।  पवित्र स्थल जेरुशलम संरक्षणका लागि जोर्डनको ऐतिहासिक भूमिका रहेको भनिएको छ ।

जेरुशलमका विषयमा इजरायल र प्यालेष्टाइनबीच एक महिनायता हिंसात्मक घटना भईरहेका छन ।  दुई पक्षबीच भएको हिंसात्मक घटनमा लगभग ५० प्यालेष्टाइनी नागरिक मारिएका छन भने ८ इजरायली पनि मारिएका छन । पवित्र स्थल जेरुशलममा, यहुदीका लागि टेम्पल माउन्ट र मुसलमानका लागि हरम अल शरीफको  श्रद्धाको केन्द हो । अमेरीकी विदेश मन्त्री जोन केरिले जेरुशलमको बारेमा इजरायलले विद्यमान नियम पालना गर्नु पर्ने वताउनु भयो ।