Thaha

Saturday 21 September - 4:23 pm NST

रियल मड्रिडको अपराजित यात्रा कायमै

काठमाडौं, ८ कार्तिक । स्पेनिस् ला लिगा फुटबलमा उपाधि दाबेदार रियल मड्रिडको अपराजित यात्रा कायमै छ । गएराती भएको खेलमा सेल्टा भिगोलाई १ का विरुद्ध ३ गोलले पराजित गर्दै रियल मड्रिडले आफ्नो अपराजित यात्रा कायमै राखेको हो ।

जितसँगै रियल मड्रिड २१ अङ्कका साथ लिगको शीर्ष स्थानमा यथावत् छ । रियलको जितमा क्रिस्ट्यानो रोनाल्डो, डेनिलो, मार्सेलोले गोल गरे । हारपछि सेल्टा भिगो १८ अङकका साथ लिगको दोस्रो स्थानमा यथावत छ । यस्तै, सेभिल्लाले गेटाफेलाई ५–० मालागाले डिपोर्टिभो ला कोरुनालाई २–० ले पराजित ग¥यो ।  ग्रानाडा र रियल बेटिसले १–१ को बराबरी खेलेका छन् ।