Thaha

Saturday 21 September - 4:36 pm NST

नेपालसामु आयरल्याण्ड्पनि कमजोर, नेपालको ८ विकेटको सानदार जित

काठमाडौं, ४ कात्तिक । मलेशियामा जारी १९ वर्ष मुनिको विश्वकप छनौट क्रिकेटमा नेपाल समुह विजेता वनेको छ । आज भएको समुह चरणको अन्तिम खेलमा वलियो मानिएको आयरल्याण्ड्माथी ८ विकेट सानदार जित निकाल्दै, नेपाल समुह विजेता बनेको  हो ।

क्वालालाम्पुरको किन्रारा ओभल मैदानमा भएको खेलमा आयरल्याण्ड्ले दिएको १ सय ८५ रनको लक्ष्य नेपालले ४३ बल वाकि रहँदै २ विकेट गुमाएर भेट्टायो । आयरल्याण्ड्संगको खेलमा नेपालको व्याटिङ विष्फोटक बन्यो । ओपनरद्धय सुनिल धमला र सन्दिप सुनवार आयरल्याण्ड्का बलरमाथी हावि भए । पहिलो विकेटका लागि सुनिल र सन्दिपले १ सय ७० रनको बलियो साझेदारी गरेका थिए । सन्दिपले १ छक्का र ७ चौकाको मद्धतमा  ८५ रन तथा सुनिलले ३ छक्का र ३ चौकाको मद्धतमा ७५ रनको योगदान दिए ।

त्यस्तै कप्तान राजु रिजालले १६ तथा योगेद्र सिहं काक्रीले ४ रन जोडे । टस जितेर पहिले व्याटिङ गरेको आयरल्याण्ड्ले ७ विकेट गुमाएर १ सय ८४ रन जोडेको थियो । आयरल्याण्ड्को सुरुवाति फितलो देखिएपनि मध्यक्रमका व्याट्सिम्यानले इनिङ उकासेका थिए । ८४ रन बनाउँदा ५ विकेट गुमाइ सकेको थियो । त्यसपछि थप २ विकेट गुमाएर १ सय रन थपेको हो ।  नेपालका लागि १० ओभर बलिङ गरेका प्रेम तामाङले  ३५ रन खर्चेर ४ विकेट लिए । त्यस्तै ललित राजवशींले २ र सुसिल कंडेलले १ विकेट हात पारे ।

आजको जितसँगै नेपालले समुहका सवै खेलमा जित निकाल्न सफल भएको छ । उता आयरल्याण्ड् आजको खेलमा पराजय व्यहोरेपनि यसअघिका समुहका तिन खेल जितेर फाइनल चरणमा प्रवेश गरिसकेको छ । अब फाइनलमा भोली नेपाल र आयरल्याण्ड् नै आमने सामने हुदैछन । भोलीको खेल आफ्नो पक्षमा पार्ने टिमले आगामी वर्षको जनवरीमा बंगलादेशमा हुने १९ वर्ष मुनिको विश्वकपको यात्रा तय गर्नेछ ।