Thaha

Sunday 15 March - 8:18 pm NST

च्याम्पियन्स लिगमा वार्सा र आर्सनल विजयी

काठमाडौं, ४ कात्तिक । ईभान रुयाकिटीकको दुई गोलको मद्धतले उपाधि दाबेदार बार्सिलोना युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको समूह ई को शिर्ष स्थानमा पुगेको छ । गएराती भएको खेलमा स्पेनको बार्साले रोमानियाको बोरिसोभलाई २—० को गोल अन्तरले पराजित गर्दै ३ अँक जोडेको हो । क्रोसियाका मिडफिल्ड्र ईभानले खेलको ६४ र ४८ औँ मिनेटमा गोल गरेका हुन् ।

दुवै गोलको अवसर व्राजिलियन स्टार नेयमारले सिर्जना गर्दिएका थिए । उनी खेलको १८ औं मिनेटमा घाइते भएका सर्गी रोबर्टो ठाउँमा मैदान उत्रिएका थिए । गएराती नै भएको अर्को खेलमा इंग्लीस क्लब आर्सनले जर्मनको वार्यन म्यूनिखलाई २—० ले पराजित गर्यो ।

त्यस्तै गएराती भएका अन्य खेलमा ग्रीसको ओलम्पियाकोसले क्रोएसियाको डाइनामो जाग्रेबलाई १–०,  पोर्चुगलको एफसी पोर्टोले ईजारायलको मकाभि अभिभलाई २–०, स्पेनको भ्यालेन्सीयाले बेल्जियमको गेन्टलाई २–१  रुसको जेनिथले फ्रान्सको लियालाई ३– ले  हराउँदा इंग्लीस क्लब चेल्सी र  युक्रेनी क्लब डाइनामो किभ गालरहित बराबरी तथा जर्मनीको बायर लिभरकुजेन र इटालीको रोमाले चार चार गोलको बराबरी खेलेका थिए  ।