Thaha

Monday 13 May - 2:55 pm NST

पाकिस्तानमा बम विस्फोटमा परि ११ जनाको मृत्यु

 

काठमाडौं ३ कात्तिक । पाकिस्तानमा यात्रुबाहक बसमा बम विस्फोट हुँदा ११ जनाको मृत्यु भएको छ । बलुचिस्तान प्रान्तको क्वेटा सहरमा भएको बम आक्रमणमा परि अन्य २० जना घाईते भएका छन् । घाईते सबैलाई स्थानिय अस्पतालमा भर्ना गरिएको छ ।

क्वेटा सहरस्थित पार्किङमा राखिएको बस गुड्ने बित्तिकै विस्फोट भएको बताइएको छ । बसमा ४० जना सवार थिए  । बसको छतमा विस्फोटक पदार्थ राखिएको र रिमोट कन्ट्रोलद्वारा विस्फोट गराइएको अनुसन्धानबाट खुलेको पाकिस्तानी अधिकारीहरुले जनाएका छन् ।

प्रहरी अधिकारीका अनुसार विष्फोटक सामग्री गाडीको छतमा राखेकोले घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । घटनाको कुनै पनि संगठनले जिम्मेवारी लिएको छैन ।